Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको आइपिओ बाँडफाँड, तपाईलाई पर्यो कि परेन ?

निशा हुमाँगाई

शुक्रबार, ०२ साउन २०७७, १५ : ५० मा प्रकाशित

अजोड इन्स्योरेन्सको आइपिओ बाँडफाँड, तपाईलाई पर्यो कि परेन ?

अर्थ संसार, काठमाडौं – अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गते बिहीबारदेखि निष्कासन गरेको साधारण शेयर (आइपिओ) आज (साउन २ गते, शुक्रबार) बाँडफाँड भएकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडले दिएकाे जानकारी अनुसार उक्त आइपिओमा २ लाख ७३ हजार जना लगानीकर्ताहरुले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी २ लाख ११ हजार ४ सय ९८ जना आवेदकको हात खाली भएको छ । आइपिओ बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा गोलाप्रथाद्वारा बाँडफाँड गरिएकाे हाे ।

'अजोड इन्स्योरेन्स अबको २ वर्षमा टप १० भित्र पर्छ' | Kumar Bdr Khatri |CEO-Ajod Insurance Limited

इन्स्योरेन्सले निष्कासन गरेकाे आइपिओमा ५ लाख २ हजार २ सय ९८ जना लगानीकर्ताबाट १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ६३ हजार ९ सय ९० कित्ताका लागि आवेदन परेकाे थियाे । यो मागको तुलनामा ६.६५ गुणा बढी हो । जसमध्ये योग्य आवेदक भने ४ लाख ८४ हजार ४ सय ९८ जना रहेका थिए ।

कम्पनीले असार २५ गतेबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई, ५५ अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुल्ला गरीएको थियाे ।

'अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ' 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको