Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ५० अर्बको धितोपत्र कारोबार (विवरणसहित)

निशा हुमाँगाई

शनिबार, ०३ साउन २०७७, १३ : १९ मा प्रकाशित

आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ५० अर्बको धितोपत्र कारोबार (विवरणसहित)

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आर्थिक वर्ष २०७६/०७७ मा भएकाे दाेश्राे बजार गतिविधी सम्बन्धि जानकारी गराउँदै विज्ञप्ति जारी गरेकाे छ । 

स्टकका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ खर्ब ५० अर्ब ३ कराेड ९४ लाख रूपैयाँ बराबरकाे धितोपत्र कारोबार भएकाे छ । उक्त कारोबार आर्थिक वर्ष २०७५/०७६ काे तुलनामा ३६.३१ प्रतिशतले धेरै हाे । आर्थिक वर्ष २०७५/०७६ मा १ खर्ब १० अर्ब ७ कराेड ३९ लाख रूपैयाँ बराबरकाे धितोपत्र कारोबार भएकाे थियाे । यस्तै, कारोबार रकममध्ये ३८ प्रतिशत अर्थात ५७ अर्ब २३ कराेड ३१ लाख रूपैयाँ बराबरकाे काराेबार अनलाइनमार्फत भएकाे छ ।

यसैगरी, अघिल्लाे आर्थिक वर्षमा ३८ कराेड ७५ लाख ६ हजार कित्ता धिताेपत्र काराेबार भएकामा यस आर्थिक वर्षमा ४२ कराेड ८५ लाख २२ हजार कित्ता धितोपत्र कारोबार भएकाे छ । जसमध्ये ४० प्रतिशत अर्थात १६ कराेड १ लाख २२ हजार कित्ता शेयर अनलाइनमार्फत किनबेच भएका छन् ।

अनुसार आर्थिक वर्ष २०७६/०७७ काे असार मसान्तसम्ममा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ कराेड २६ लाख रूपैयाँ कायम भएकाे छ । अघिल्लाे वर्ष असार मसान्तसम्ममा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ४९ कराेड ९३ लाख रूपैयाँ रहेकाे थियाे ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/०७७ काे असार मसान्तसम्ममा नेप्से परिसूचक १३६२.३५ कायम भएकाे छ । अघिल्लाे वर्ष असार मसान्तसम्ममा नेप्से १२५९.०२ विन्दुमा थियाे ।

त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा प्राथमिक निष्कासन मार्फत ८ कम्पनीकाे २२ कराेड ८१ लाख ५५ हजार कित्ता शेयर सूचीकरण भएकाे छ । यसैगरी, ९६ कम्पनीकाे ४१ कराेड ९१ लाख ३३ हजार कित्ता शेयर सूचीकरण भएकाे छ भने १५ कम्पनीकाे ४ कराेड ९० लाख २३ हजार कित्ता शेयर सूचीकरण भएकाे छ ।

यस अवधिसम्ममा १७ वटा कम्पनीकाे ३ कराेड ३६ लाख ८१ हजार कित्ता संस्थागत ऋणपत्र सूचिकृत भएका छन् भने ६ वटा म्युचुअल फन्डका ५७ कराेड ४५ लाख कित्ता इकाई सूचिकृत भएका छन् ।

नेपाल स्टक एक्सचेन्जले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको