Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?

निशा हुमाँगाई

आइतबार, ०४ साउन २०७७, १७ : १६ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको शेयर सूचीकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं - नेपाल स्टक  एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ४ वटा कम्पनीकाे बाेनस शेयर सूचीकृत भएको छ ।

किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र  अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको नेप्सेले जनाएकाे छ ।

किसान माइक्रोफाइनान्सकाे २ लाख ५ हजार ९ सय ९२ दशमलव ७५ कित्ता बाेनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

यसैगरी, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकाे ४४ हजार २ सय ८० कित्ता बाेनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

यस्तै, चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १ लाख ३० हजार २ सय कित्ता बाेनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको ६ लाख ५३ हजार १ सय ९ कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको