आजको शेयर तालिका
अर्थ संसार, काठमाडौं- मौद्रिक नीति शेयर बजारको लागि फलिफाप भएको छ । मौद्रिक नीतिको प्रभावले शेयर बजारमा आइतबार एकाएक उछाल आएाको छ । सवै उपसमूहरुमा हरियाली छाएको छ । शेयर बजार बारम्बार सकारात्मक सर्किट लागेर बन्द भएको थियो ।
न्यून ब्याजदरमा शेयर धितो कर्जा प्रवाह गर्ने योजना ल्याइरहेको बेला केन्द्रिय बैंकले समेत शेयर धितो कर्जाको सीमा बढाएपछि शेयर बजारमा उत्साह देखिएको हो।
बैंकहरू अहिले एकल अंकमा नै शेयर धितो कर्जा लगानी गर्न थालिसकेका छन्। आइतबार नेप्से ८४.२६ अंकले बढेको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १७.३९ अंकले बढेको छ ।
शेयर बजारमा १ सय ११ वटा कम्पनीको १ लाख ८० हजार ५९६ कित्ता शेयर शेयर कारोबार हुँदा ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस