अर्थ संसार, काठमाडौं - मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बाेनस शेयर पठाइरहेकाे छ ।
फाइनान्सकाे गत पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट पारित भएकाे १ दशमलव ७५ प्रतिशत बोनस शेयर गत पुस १४ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा पठाउन थालेको हाे ।
त्यसैगरी, फाइनान्सले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई भने शेयर अभौतिकीकरण गरेपश्चात मात्र बोनश शेयर वितरण गरिने हुँदा शेयर अभौतिकीकरण गराउन सम्पूर्ण शेयरधनीहरूलाई आग्रह गरेको छ । फाइनान्सको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस