Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टका शेयरधनीलाई लाभांश सम्बन्धी अत्यन्तै जरूरी सूचना

निशा हुमाँगाई

सोमबार, ०५ साउन २०७७, १० : १७ मा प्रकाशित

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टका शेयरधनीलाई लाभांश सम्बन्धी अत्यन्तै जरूरी सूचना

अर्थ संसार, काठमाडौं - हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले  आफ्ना शेयरधनीहरूका लागि नगद लाभांश सम्बन्धी अत्यन्तै जरूरी सूचना प्रकाशन गरेकाे छ ।

कम्पनीले विभिन्न मितिहरूमा सम्पन्न भएकाे ५औँ, ६औँ र ८औँ वार्षिक साधारण सभाबाट पारित भएकाे क्रमश ५ प्रतिशत, ५ प्रतिशत र १२ प्रतिशत नगद लाभांशकाे दरले हुन आउने रकम नेपाल क्लियरिङ हाउस लिमिटेड मार्फत शेयरधनीहरूले हितग्राही खातामा उपलब्ध गराइएकाे बैंक खाताकाे विवरण हुबहु मिलेकाे हदसम्म र बैंककाे नियम अनुरूप रकमान्तर गरेकाे जानकारी गराएकाे छ । 

विभिन्न आर्थिक वर्षको लाभांश लिन बाँकी शेयरधनीहरूको विवरण कम्पनीको वेबसाइटमा राखिएको बताउँदै कम्पनीले आफ्नाे डिम्याट खातामा बैंक खाता नं. अद्यावधिक नगराएका शेयरधनीहरुलाई आफ्नाे डिम्याट खाता रहेकाे निक्षेप सदस्यकहाँ सम्पर्क राखी  डिम्याट खातामा बैंक खाता समेत अद्यावधिक गराउन सम्पूर्ण  शेयरधनीहरुलाई अनुराेध गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको