Like us!
Follow us!
Connect us!
Watch us!

सम्बृद्ध नेपालको लागि दिगो विकास

सोमबार, ०५ साउन २०७७, १० : ४८ मा प्रकाशित

सम्बृद्ध नेपालको लागि दिगो विकास

चिरन्जीवि न्यौपाने

नेपालको संबिधान २०७२ले यो देश संघीय लोकतान्त्रिक गणतान्त्रिक शासणप्रणालिको माध्यमबाट सुशासन, विकास र सम्बृद्ध मुलुक बनाई निरन्तर समाजबाद उन्मुख वा भनौ लोक कल्याणकारी राज्य हुने विश्वास लिएको छ।

संबिधानले तोकेको दिशा पहिल्याउन नेपालमाआवाधिक निर्वाचन प्रणाली , बिधिको शासन,समानुपातिक प्रतिनिधित्व, पन्चशिलमा आधारित अन्तरास्ट्रिय सम्बन्ध वा असंलग्न परराष्ट्रिय नीतिमा चल्ने प्रण नेपालले लिएको देखिन्छ ।सामाजिक मुल्य मान्यता, पारदर्शिता एबम जवाफ देहिता र सामाजिक दाहित्व संबिधानले किटा नगरेका अनिवार्य शर्तहरु हुन्।

आवाधिक योजना, नागरिकअधिकार ,मौलिक हक र राज्यका नीति निर्देशित सिद्धानहरुबाट प्रेरित भै सोहि बमोजिमको कर्ममा लाग्नुपर्ने नेतृत्व वर्ग र जनमानसको जिम्मेवारी हो।

हामी नेपाली र हाम्रो यो सुन्दर देश नेपाल भुपरिवेष्टीत राष्ट्रहरुको समूहमा पर्दछौ हामी सित समुन्द्रको सोझै पहुच छैन , समुन्द्री मार्गको लागि हामी कुनै दुई छिमेकी देश सित भरपर्नुको विकल्प हाम्रो सामु छैन।

त्यसका लागि हाम्रो अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित कायम राख्न जरुरी भएको सर्व बिदैछ।बाहिरी देशका हरेक गतिबिधिले हाम्रो अर्थतंत्र प्रभाबित हुन्छन  ,जस्तै रेमिटान्स वा बिप्रेक्ष्णमा निर्भर अर्थतंत्रले देशको मानव बिकास सुचाङ्कमा प्रभाव पारिरहेको देखिन्छ।

देशमा सम्वृद्धता वाआत्मनिर्भताको नारा वा यसको पुकार हुन थालेको ७० बर्ष भन्दा धेरै हुन थाल्यो । नेपालका दलहरु यो वा अनेक तरिकाले यो सम्बृद्धताको बातावरण बनाउन आफ्ना घोषणा गरिरहे तरआज भोलिका दिनहरुमा यसको बहस नयाँ सिराबाट हुनेगरेको छ , जसमा धेरै सामाजिक संघ, संस्थाहरुको प्रत्क्षय वा पोरक्ष भूमिका रहेको पाइन्छ।

नेपालममा राष्ट्रिय  योजनाआयोगअन्तर्गत १५वटा पाँच बर्षे योजनाहरु बनिसकेकोअवस्था छ।पछिल्लो पाँच बर्षे योजनामा सम्बृद्ध नेपाल ,सुखी नेपाली नाराले ग्राहेता पाएको देखिन्छ , जुनकुरा संयुक्त रास्ट्रसंघको ई स २०३०को दिगो बिकासको लक्ष्यमा समेत प्रतिबिम्बित गर्दछ।

नेपालका योजनाहरु मा २०० भन्दा बढि सूचीहरु दिगो बिकास, आत्म निर्भरतार सम्बृद्धता संग सम्बन्धित छन। निम्न उल्लेखित १७ वटा संयुक्त रास्ट्रसंघका दिगो बिकास अन्तर्गतका मानकलाइ जोडेर देशमा आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ।

१.सबै किसिमका गरिबीकोअन्त्य।
२.दिगो कृषिका माध्यमबाट खाध्य सुरक्षाको स्थर बढाइ भोकमारी कोअन्त्य गर्ने।
३.जनताको सुश्वास्थ्यको लोकहितका कार्यहरुअभिबृधि गर्ने।
४.गुणस्तर युक्त शिक्षाको प्रत्याभूत गर्ने।
५.लैंगिक समानता कायम गर्दै महिला सशक्तिकरण गर्ने।
६.जल तथा सर सफाई सम्बन्धि क्षेत्रमा दिगो सेवा उपलब्ध गराउने।
७.सस्तो मूल्यमा सरल तथा सहज तरिकाले स्वच्छ उर्जा उपलब्ध गराउने।
८.दिगो तथा भरपर्दोआर्थिक बिकासको स्थर हासिल गर्ने।
९.देशहरुबीचअसमानता घटाउने
१०. दिगो पूवाधार तयार गरि दिगोऔधोगिकरण गराउने।
११. सुरक्षित सभ्यता, बहुजातीय, बहुभाषिक नगरहरु बिकास गर्ने।
१२. बस्तु तथा सेवाको खपतमा दिगोपन ल्याउने।
१३. जलबायु परिवर्तन तथा यसकाअसरबारे प्रभावकारी व्यवस्थापन मिलाउने।
१४. दिगो बिकासलाई ध्यान दिदै, महासागर सागरन दिप्रणाली तथा जलक्षेत्रको बुद्धिमता पूर्ण उपयोग गर्ने।
१५. प्र्या वर्णिय संरचनाको संरक्षण गर्ने ,मर्भुमिकरण बिरुध कार्य गर्ने , भूमिको क्षयी करण नियन्त्रणका कार्यहरु गर्ने।
१६. न्याय समता तथा समानताकाआधारमा सभ्य समाजको स्थापना गर्ने।
१७.दिगो बिकासका क्षेत्रहरुका कार्यक्रमहरुमा बिश्वब्यापी साझेदारी गर्ने।

उपरोक्त बुदाहरुमा ध्यान राख्दै नेपाल बिश्व भुमंडलमा कसरी आत्मा निर्भर हुन्सक्ला भने सवालमा केन्द्रित हुदा ,हामीले निम्न रणनिति तर्जुमा गर्न सक्दछौ।देशको तल्लो निकाय वा साधारण जनतालाइ समेत बुझाउने गरि हामीले सम्ब्रिधीका मानक तोक्नुपर्दछ जसको लाभ तल देखि माथि वा माथि देखी निम्मं वा अति निम्न समुदायहरुमा जान सकोस।

उदाहरणका लागि हामीले शिक्षास्तरबाटै, हामी नेपाली कस्तो परि बेसमा छौ र  हाम्रा विशेषता के के हुन् र हामी सबल अर्थतन्त्र कसरी बिकास गर्न गराउन सक्दछौ र जस्ता अनेकौ लोकल वा मौलिक उत्पादनलाई भौगोलिक बजार निर्माण गर्नु जरुरी छ।

उत्पादनमाआधारित सरकारी वा सहकारी एबम गैरसरकारी अनुदानको समुचित बितरण हुनुपर्छ र त्यो पारादर्शी हुनुपर्छ।

राष्ट्रले बोकेका राष्ट्रिय गौरभका आयोजनाहरु बिना रोकतोक बिकास हुनु जरुरी छ ,जस्तै हुलाकी मार्ग, लोकमार्ग , रेलमार्ग 'योग्यतामाआधारी' जाग्रुक्ता जनतामा निकै हुनु जरुरी छ ,केवल राजनीति वा त्यसको सोचका घेराभन्दा परको जागरणआवस्यक छ।

सार्वजनिक, निजि साझेदारीमा आधारित बिकास हुनुपर्यो, उपभोक्ता बिक्रेता केन्दित बजार हुनुपर्यो वा बनाउनुपर्यो।

मूल्यबृधि, कालोबजारी र बिचौलिया पर्था नेपाली बजारबाट कम्जोर हुनुपर्यो।

देशमा श्रमको मुल्य स्थापित हुनुपर्यो र आइएल ओ अभि सन्धि पालना गराउने योजना र कार्योनय्न बारे रणनीति हुनुपर्यो।

उधोग मैत्री नीति र श्रममैत्री उधोग स्थापनामा जोड दिनुपर्यो।

बैजानिक कृषि बजार र खेति सम्बन्धि तालिम ग्रामिण समाजमा केन्द्रित हुनुपर्यो।

आत्मा निर्भरतार सम्बृद्धता भित्र दिर्घकालिन रणनीति हेर्दा निम्न कुराहरुमा केन्द्रित हुनु पर्ने देखिन्छ।

राजनीतिक स्थिरता ,देशको हितमा जोड , कुटनैतिक परिपक्कता , देश विदेशमा हुने सहयोग र साझेदारिताकोअभिब्रिधी कायम राख्नुपर्ने। राष्ट्रिय उदेश्य सर्वसुलभ सार्वजनिक यातायात, सहज ढुवानी साधनहरु, खानेपानी, सिंचाईका पूर्वाधार, सामुदाहिक वन र सहकारी क्षेत्रको विकास।


शिक्षालाई अझ बैजानिकरण गराउदै लग्नुपर्यो।देशको स्वाभिमानी कायम राख्न मौलिक उत्पादन र खपतमा वृद्धि गर्नु गराउनुपर्यो।

यो देश हिमाल पहाड तराइ मधेस चुरे क्षेत्रको उद्गम ठाउ हो, साथै माटो सुवाउदो पर्यटन बिकासमा जोड दिनुपर्यो।  हामी हाम्रा बस्तुलाइ निर्यातमा केन्द्रित गराउनु पर्योर बिदेशीआयात घटाउनुपर्यो।

जडिबुटी उत्पादन बितरण र प्रयोगमा जोड दिनुपर्यो, योग प्र्णाय़्म बारे यस नेपाल भुमि विश्वमा परिचित गराउनपर्यो , सास्कृतिक धरोहरहरुलाई जोगाउन पर्यो र बिश्व सम्पदा सुचिमा नभएका ठाउलाइ सुचिकृत गराउन सहयोग गर्नुपर्यो वा सरकारकोध्यान खिच्नुपर्यो।

हिमाली जडिबुटी ,चिनी उत्पादन,उखु ,महंगा फलफुलका प्रजातिहरुको तालिम , रोपण र बितरण गराउने , तराइका जंगलका सुकेका काठको ब्वस्थापन गर्ने गराउने , जंगललाई घनघोर बनाउने आदि क्षेत्रमा काम गर्न थाल्ने।

स्वदेशमा पढेका आइटि,वा इन्जिनियर लाइ देशमै काम दिने वा बिदेशी कम्पनिको सहकार्यमा आउट्सोर्सग र उनेर पलायन युवा शक्तिलाइ जोगाउने काममा ध्यान दिनुपर्दछ।

उत्खनन र खनिजमा समेत ध्यान दिनुपर्दछ। यस्तै अनेकौ क्षेत्र मार्फत देशलाई आत्म निर्भर वा स्वचालित अर्थतन्त्र बनाउन सकिन्छ।

हरेक रणनीतिक कार्यहरु सपादं गर्दा निम्न माध्यमलाई जोड दिएर गरेमा दिगो हुन्छ ,जस्तै

 

क) डाटा वात थ्यांकको गलत प्रयोग हुन्बाट बचाउनु पर्दछ किनकी आजको युग डाटा केन्द्रित निर्णय प्रणाली मार्फत संचालित छ।

ख) खोज अनुशन्धानका विषय फराकिलो पार्नुपर्छ ,खोज मैत्री व्यवहार बिकास गरिनु पर्दछ।

ग) सकारात्मक सोचलाई खम्बा मानेर अगाडि चलन्नुपर्छ, भेदभाव र भ्रस्टचार अन्त्य गर्नुपर्छ।

घ) सहकारी र सरकारका हरेक पहल अग्रगामी हुनुपर्छ,
 

युवाहरु नेतृत्व लिन सकक्षम हुनु बनाइनुपर्दछ।असल नेतृत्वले सम्बृद्ध ता र आत्मा निर्भरताको पहल चाल्नुपर्छ। हरेक चिजमा दुइ खाले बाताबरण हुन्छन एक भित्रि आन्तरिक र दुइ बाहिरि बातावरण। नेपालमा हुने आन्तरिक बातावरणमा सामर्थ्य र कमजोरी हुन्छ भने बाहिरि बातावरणमा अवसर र चुनौतीहरु हुन्छन। आखिर कसरी नेपाललाई सम्बृद्ध रआत्मा निर्भर बनाउन सकिन्छ। हरेक भिजन लाई पुरा गर्न एक संकलपलिने नेतृत्वको खाचो हुन्छ , उक्त नेतृत्व उत्प्रेरणा र सही नीतिले ओत प्रोत हुनुपर्छ।तब मात्र सम्बृद्ध नेपाल र आत्मा निर्भर नेपाल बनाउन सकिन्छ।

 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको