Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकले पायो ३ अर्बको ऋणपत्र ल्याउने अनुमति, कति पाइन्छ ब्याज ?

अर्थ संसार

विहीबार, ०४ असार २०८३, १७ : ०० मा प्रकाशित

प्राइम बैंकले पायो ३ अर्बको ऋणपत्र ल्याउने अनुमति, कति पाइन्छ ब्याज ?

प्राइम बैंक कमर्सियल बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ३ अर्ब रुपैयाँबराबरको ‘प्राइम बैंक डिबेन्चर २०९३’ नामक ऋणपत्र निष्कासनका लागि  बुधबार  स्वीकृती पाएको हो ।

अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासन गर्नेछ। यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ६.२५ प्रतिशत ब्याज पाउनेछन्। प्राइम बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको