राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि ७ बुँदे सुझाब दिएको छ । पार्टीको केन्द्रीय मुद्रा तथा पुँजी बजार विभागले आज राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेललाई बुझाएको सुझाबमा सेयर धितो कर्जा सुधार र तरलाता वृद्धि देखि वित्तीय संस्थाहरुको CAR सुधारमा तथा कर्जा प्रवाह बढाउनु पर्ने भनिएको छ ।
यस्ता छन् रास्वपाले मौद्रिक नीतिका लागि दिएका सुझाब सुझाव
१. सेयर धितो कर्जा सुधार र तरलता वृद्धि
• सेयर धितो कर्जामा कम्पनीको वित्तीय सबलता अनुसार फरक LTV Ratio निर्धारण गर्ने ।
• सेयर धितो कर्जाको सीमा कुल कर्जाको प्रवाहको आधारमा निर्धारण गर्ने ।
• बैक तथा बित्तिय संस्थाको पुँजीबजारमा लगाइएको लगानि बन्देज ब्यबस्थालाई खुकुलो गर्ने ।
२. संस्थागत कोषहरूको सक्रिय परिचालन
•
पुँजीबजारमा संस्थागत लगानीकर्ताको बिस्तार गर्न कर्मचारी संञ्चयकोष, सामाजिक सुरक्षाकोष, म्यूचलफण्ड, नागरिक लगानीकोष लगायत संस्थाहरुको बजार सहभागिता बढाउने ।
3. Central KYC Digital Integration
• Central KYC Platform लागू गरि लगानी प्रक्रिया छिटो र सरल बनाउने ।
• Bank, Mero Share र Broker बीच Integration गर्ने ।
४. अनुमान योग्य र लगानीमैत्री ब्याजदर
Interest Rate Corridor प्रभावकारी बनाउने । ब्याजदरको अस्थिरता कम गरि यसलाई बैज्ञानिक बिधिद्वारा पूर्वानुमानयोग्य बनाउने ।
५. Broker Margin Trading तथा नयाँ वित्तीय उपकरण सक्षम ब्रोकरहरूलाई छोटो अवधिको ऋणपत्र जारी गर्न अनुमति दिने ।
Broker तथा Margin Receivables लाई धितो मानेर अल्पकालीन कर्जा प्रदान गर्ने ।
६. Microfinance को लाभांश सीमा सुधार
·लघुबित्त बित्तिय संस्थाहरुमा लगाइएको लाभांश वितरणमा लगाईएको सिमा खारेज गर्ने ।
७. बैंक तथा वित्तीय संस्थाहरुको CAR सुधार तथा कर्जा प्रवाह बढाउने
· CAR दबाबमा भई थप ब्यबसाय बिस्तार गर्न नितितिगत अप्ठेरोमा परेका कम्पनिहरुलाई सहज ब्यवसाय बिस्तारको निम्ति आवस्यकता र औचित्यका आधारमा हकप्रद सेयर जारी गर्न दिने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस