आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सोमबार (जेठ ११) दिउँसो ३ः३० बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
बैठक सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । आजको बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति गर्ने सम्भावना रहेको छ । अर्थ मन्त्रालय अन्तर्गतको छनौट समितिले ४७ जना आवेदकहरूमध्येबाट चार जनाको नाम ‘सर्ट लिस्ट’ सार्वजनिक गरिसकेको छ ।
सर्ट लिस्टमा परेकामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट परेका छन् । उनीमध्ये एक जनालाई अध्यक्ष नियुक्ति हुने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस