Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, कारोबार ४० मिनेटको लागि बन्द !

निशा हुमाँगाई

सोमबार, ०५ साउन २०७७, ११ : २२ मा प्रकाशित

शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, कारोबार ४० मिनेटको लागि बन्द !

अर्थ संसार, काठमाडौं – शेयर बजारमा दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) शेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लगाएको हाे ।

पहिलाे सर्किट लागेर खुलेकाे एक मिनेट नपुग्दै (११ बजेर २१ मिनेट ३५ सेकेण्ड जाँदा) बजार ५ प्रतिशतले बढेपछि कारोबार ४० मिनेटको लागि स्थगन गरिएको छ । यसअघि पनि नेप्से खुलेको १ मिनेटमा ४ प्रतिशतले बढेर पहिलाे सर्किट लागेको थियो ।

स्टकका अनुसार यस अवधि सम्ममा कूल १२२ वटा कम्पनीकाे २ लाख २३ हजार ६ सय ९६ कित्ता शेयर खरिदबिक्री हुँदा ९ करोड १९ लाख ४२ हजार ८ सय ६१ रुपैयाँको कारोबार भएकाे छ ।

'अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ' मनोज कुमार भट्टराई : सिइओ- प्राइम लाइफ इन्स्योरेन्स

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको