Like us!
Follow us!
Connect us!
Watch us!

छिटो लिनुस् आइसिएफसि फाइनान्सको लाभांश, नत्र जाला लगानीकर्ता संरक्षण कोषमा !

निशा हुमाँगाई

सोमबार, ०५ साउन २०७७, ११ : ५० मा प्रकाशित

छिटो लिनुस् आइसिएफसि फाइनान्सको लाभांश, नत्र जाला लगानीकर्ता संरक्षण कोषमा !

अर्थ संसार,काठमाडाैं - आइसिएफसि फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई विगत पाँच वर्ष भन्दा पुरानो लाभांश लिन आह्वान गरेकाे छ । फाइनान्सले एक सूचना जारी गर्दै ५ वर्ष यताको लाभांश लिन बाँकी रहेका शेयरधनी वा हकवालाहरुलाई लाभांश संकलन गर्न बाेलाएकाे हाे ।

शेयरधनीहरुले फाइनान्सकाे शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत भौतिक शेयर प्रमाणपत्र तथा नगद लाभांश पुर्जा संकलन गर्न सक्नेछन् । सूचना प्रकाशन भएकाे मितिले एक महिनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने फाइनान्सले जनाएको छ । तसर्थ, फाइनान्सले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको छ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

'अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ' मनोज कुमार भट्टराई : सिइओ- प्राइम लाइफ इन्स्योरेन्स

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको