Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स हाईड्रोपावरले डाक्याे विशेष साधारण सभा, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

सोमबार, ०५ साउन २०७७, १२ : ५९ मा प्रकाशित

पिपुल्स हाईड्रोपावरले डाक्याे विशेष साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा साउन २२ गते बिहीबार इन्द्रेणी फूडल्याण्ड नयाँ बानेश्वर, काठमाडाैँमा दिनकाे १ बजेबाट सुरू हुनेछ ।

कम्पनीको जारी पूँजी हेरफेर गर्ने (घटाउने) सम्बन्धी प्रबन्धपत्रको दफा ६ को उपदफा (ख) र (घ) संशाेधन गर्ने र नियमनकारी निकायहरूबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको