अर्थ संसार, काठमाडौं – हिजाे (आइतबार) मौद्रिक नीति सार्वजनिक भएपश्चात शेयर बजारमा छुट्टै राैनक थपिएकाे छ । मौद्रिक नीतिकाे प्रभावले गर्दा आइतबार शेयर बजारमा एकाएक उछाल आएको थियाे भने आज (साेमबार) पनि शेयर बजारमा छुट्टै राैनक देखा परेकाे छ ।
यसैगरी, सोमबार नेपाली धितोपत्र बजारमा एउटा नयाँ रेकर्ड समेत कायम भएको छ । यस दिन प्रि -ओपनिङ्ग सेसनको वृद्धिले नयाँ रेकर्ड कायम गरेको हो । साेमबार प्रि-ओपनिङ्ग सेसनमा नै नेप्से ३.६१ प्रतिशतले बढेको थियो। यो प्रि-ओपनिङ्ग सेसनमा हालसम्मकै उच्च वृद्धि हो । यती मात्र नभएर साेमबार बजार खुलेको एक मिनेट पनि नबित्दै नेप्से ४ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको थियो भने फेरि पहिलाे सर्किट लागेर खुलेकाे एक मिनेट नपुग्दै (११ बजेर २१ मिनेट ३५ सेकेण्ड जाँदा) बजार ५ प्रतिशतले बढेपछि कारोबार ४० मिनेटको लागि स्थगन गरिएको थियाे ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) शेयर कारोबार मापक नेप्से परिसूचक १४.०९ अंकले घटेर एक हजार ४६४.९४ मा पुगेकाे छ । नेप्से ०.९५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.८४ अंकले घटेर ३०९.६० मा पुगेको छ ।
कूल १८१ वटा कम्पनीकाे ७० लाख १ हजार २५८ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७ सय १५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ४ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस