अर्थ संसार, काठमाडौं – आज (मंगलबार) प्रि -ओपनिङ्ग सेसनमा ७.२६ अंकले बढेकाे शेयर बजारले बन्द हुने बेलामा भने ओरालाे यात्रा तय गरेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक १४.९९ अंकले घटेर एक हजार ४४९.९४ मा पुगेकाे छ । नेप्से १.०२ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.५६ अंकले घटेर ३०७.०५ मा पुगेको छ ।
कूल १८५ वटा कम्पनीकाे ४९ लाख ७६ हजार ४ सय ८८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ८ वटा उपसमूहको शेयर घटेकाे छ भने ४ वटा उपसमूहकाे शेयर बढेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस