Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको आइपिओ स्थगित

निशा हुमाँगाई

बुधबार, ०७ साउन २०७७, ०७ : ३८ मा प्रकाशित

माउन्टेन इनर्जीको आइपिओ स्थगित

अर्थ संसार, काठमाडौं - माउण्टेन इनर्जी नेपाल लिमिटेडले साउन ८ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गर्ने भनेकाे साधारण शेयर (आईपीओ) स्थगित भएको छ ।

हाल देशकाे अधिकांश स्थानहरूमा बाढीपहिराेकाे भयावह अवस्था सृजना भएकाले प्रभावित क्षेत्रहरूमा सेवा प्रदान गर्न नसकिने हुनाले उक्त साधारण शेयर (आईपीओ) अर्काे सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे थियाे । नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावितलाई ६० प्रतिशत छुट्टाइएको छ । नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) आयोजनाको अति प्रभावित क्षेत्र हुन भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन्। त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई निष्कासन गरेको हो । उक्त शेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आईपीओ) सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । 

कम्पनीलाई जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल फागुन २६ गते सेबाेनमा निवेदन पेश गरेकाेमा सेबोनले असार २५ गते, बिहीबार निष्कासन गर्न अनुमति दिएको थियाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको