नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अकंले घटेर २६९६.६७ बिन्दुमा बन्द भएको छ । आज ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोडको कारोबार भएको हो ।
आज ४ उपसूचकमा सामान्य सुधार देखिएको छ भने ९ उपसूचक राताम्य भएका छन् ।
आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतितका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस