Like us!
Follow us!
Connect us!
Watch us!

नबिल डिबेन्चर २०८२ ऋणपत्र सूचीकृत

अर्थ संसार

बुधबार, ०७ साउन २०७७, ०९ : ०७ मा प्रकाशित

नबिल डिबेन्चर २०८२ ऋणपत्र सूचीकृत

अर्थ संसार, काठमाडौं नेपाल स्टक एक्सचेन्ज र नबिल बैंक लिमिटेडबीच नबिल डिबेन्चर २०८२ सूचीकरण सम्झौता भएको छ ।

बैंकले जारी गरेको १० प्रतिशत ब्याज आउने १ हजार रुपैयाँ चुक्ता मूल्यको २० लाख थान ऋणपत्र सूचीकृत भएको हो । कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडमार्फत २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ खुला बिक्री आह्वान गरेको थियो ।

ऋणपत्र सूचीकरण सम्झौतापत्रमा स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका थिए । बैंकले देशभर १ सय १८ शाखा, १ सय ७५ एटिएम र १ हजार ५  सयभन्दा धेरै नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको