Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?

निशा हुमाँगाई

बुधबार, ०७ साउन २०७७, १० : २४ मा प्रकाशित

लिवर्टी इनर्जीको आइपीओ खुल्यो, क-कसले भर्न पाउँछन् ?

अर्थ संसार, काठमाडौं – लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे १५ लाख कित्ता साधारण शेयर (आइपिओ) आज (साउन ७ गते, बुधबार) बाट निष्कासन तथा बिक्री खुल्ला भएको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हो । कम्पनीले यसअघि फागुन २७ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकोमा कोरोनाका कारण चैत ११ गतेबाट देशमा लकडाउन सुरु भएपकाले बीचैमा स्थगन गरिएको थियो । तसर्थ, यसअघि आवेदन नदिएकाले  मात्र अब आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुलाई ३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता र बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ मा स्थानीयलाई छुट्याएको मध्ये ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता निष्कासन गरेको छ ।  त्यस्तै, यस बाहेकका ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता शेयर लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि पनि निष्कासन गरिएको छ । 

त्यसैगरी, प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त साधारण शेयरमा लमजुङबासीले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीकाे उक्त साधारण शेयरमा निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । 

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७  लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको छ जसमा १५ लाख कित्ता स्थानीयलाई र २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्कासन हुनेछ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको