अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) पहिरो गएको छ । हिजाे पनि दोहोरो अंकले घटेकाे शेयर बजारले आज पनि ओरालाे यात्रा तय गरेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १७.५० अंकले घटेर एक हजार ४३२.४४ मा पुगेकाे छ । नेप्से १.२१ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.९० अंकले घटेर ३०३.१४ मा पुगेको छ ।
कूल १८३ वटा कम्पनीकाे ३५ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज १० वटा उपसमूहको शेयर घटेकाे छ भने २ वटा उपसमूहकाे शेयर बढेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस