Like us!
Follow us!
Connect us!
Watch us!

४ वटा बैंकको ९ अर्ब ६० करोडको ऋणपत्र पाइपलाइनमा, कुनको कति व्याज ?

निशा हुमाँगाई

विहीबार, ०८ साउन २०७७, १७ : ०० मा प्रकाशित

४ वटा बैंकको ९ अर्ब ६० करोडको  ऋणपत्र पाइपलाइनमा, कुनको कति व्याज ?

अर्थ संसार, काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न ४ वटा बैंक ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । बोर्डका अनुसार एभरेष्ट बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र  बैंक अफ काठमाण्डू ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा रहेका बैंकहरू हुन् ।

१. एभरेष्ट बैंक लिमिटेड

एभरेष्ट बैंक लिमिटेडले ७ वर्ष अवधिको लागि एक अर्ब रूपैयाँ बराबरको ‘१०.२५ प्रतिशत एभरेष्ट बैंक डिबेन्चर २०८३’ निष्कासन गर्नका लागि गत पुस १४ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । १०.२५ प्रतिशत व्याजदर रहेकाे एक अर्ब रूपैयाँ बराबरको ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४० करोड रूपैयाँ बराबरकाे ४० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

२. सानिमा बैंक लिमिटेड

सानिमा बैंक लिमिटेडले १० वर्ष अवधिकाे लागि ४ अर्ब रूपैयाँ बराबरको ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ निष्कासन गर्नका लागि गत पुस २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । १०.२५ प्रतिशत व्याजदर रहेकाे ४० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

३. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले १० वर्ष अवधिकाे लागि ३ अर्ब रूपैयाँ बराबरको “१०.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६” निष्कासन गर्नका लागि गत माघ १ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । १०.२५ प्रतिशत व्याजदर रहेकाे ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

४. बैंक अफ काठमाण्डू लिमिटेड

बैंक अफ काठमाण्डू लिमिटेडले १० वर्ष अवधिकाे लागि १ अर्ब ६० कराेड रूपैयाँ बराबरको “१०.२५ प्रतिशत डिबेन्चर २०८६” निष्कासन गर्नका लागि गत माघ १६ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे ।  १०.२५ प्रतिशत व्याजदर रहेकाे १ अर्ब ६० कराेड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गर्नेछ । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

हेर्नुहाेस् तालिका :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको