Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो शेयर बजार

निशा हुमाँगाई

विहीबार, ०८ साउन २०७७, १४ : ५८ मा प्रकाशित

दोहोरो अंकले बढ्यो शेयर बजार

अर्थ संसार, काठमाडौं – लगातार तीन दिनदेखि घटिरहेकाे शेयर बजार आज (बिहीबार) भने  दोहोरो अंकले बढेको छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १०.१३ अंकले बढेर एक हजार ४४२.६१ मा पुगेकाे छ । नेप्से ०.७१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अंकले बढेर ३०३.९० मा पुगेको छ ।

कूल १८७ वटा कम्पनीकाे ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २ सय १८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

बिहीबार काराेबार रकमकाे आधारमा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ११ करोड ३२ लाख ३९ हजार ६ सय ७९ रुपैयाँ बराबरकाे शेयर कारोबार भएको हो । 

त्यसैगरी, बिहीबार सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटेल र मिर्मिरे माइक्रोफाइनान्सका शेयरधनीहरूले १० प्रतिशतका दरले कमाएका छन् भने मल्टिपर्पोज फाइनान्सका शेयरधनीहरूले ५.३६ प्रतिशतका दरले गुमाएका छन् ।

 हेराैं आजकाे शेयर तालिका :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको