Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको होटल समूहमा लगानीकर्ताको किन ओइरो ?

अर्थ संसार

विहीबार, ०८ साउन २०७७, १८ : ३४ मा प्रकाशित

नेप्सेको होटल समूहमा लगानीकर्ताको किन ओइरो ?

अर्थ संसार, काठमाडौं–  कोभिड १९ को कारण होटल व्यवसाय अहिले बन्द छ । तर, दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को होटल समूहमा भने लगानीकर्ता झुमिएका छन् । केहि दिनअघिदेखि नेप्समा होटल समूह दिनप्रतिदिन बढ्दै आएको छ । 

मंगलबार नेप्से १४.९९ अंकले  घटेको बजारमा होटल समूह ८२.४५ अंकले बढको थियो । त्यसै गरी बुधबार १३४.४५ अंकले बढेको थियो भने बिहीबार ४४.५५ अंकले बढेको छ । नेप्सेमा ४ वटा होटल सूचिकृत छन् । जसमा ओरियन्टल होटल्स लिमिटेड, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल्स लिमिटेड र याक एण्ड यती होटल लिमिटेड रहेको छन् । 

व्यवसाय नै बन्द भएको होटल समूहमा लगानीकर्ता झुमिएपछि अहिले शेयर बजारमा चियोचर्चाको विषय बनेको छ ।  ठूलो लगानीकर्ता नाफा कमाएर साना लगानीकर्तालाई कत्तै  फसाउने खेल त भैरहेको छैन् भनेर लगानीकर्ताले लख काट्न थालेका छन् । व्यवसाय नै बन्दा हुँदा होटल व्यवसायको वित्तीय विवरण पक्कै नकारात्मक  रिपोट सार्वजनिक हुँनेछ ।

लगानीकर्तालाई लाभांश पनि यो आर्थिक वर्षमा दिन सक्ने क्षमतामा हुँदैन, किन कि आम्दानी गर्ने व्यवासय नै बन्द ।

तर, पनि शेयर बजारमा होटल समूहमा एकाएक उछालएपछि ठूलो लगानीकर्ताको कमाउने खेल  भैरहेको बजारमा कुराकानीमा सुन्न पाइन्छ । केही दिन नियमित बजार बढाएर आफूसँग भएको शेयर बिक्री गरी बन्द भएको व्यवसायबाट छुटकार हुने ठूला लगानीकर्ताको दाउँ पनि हुन सक्छ ? 

छुटाउनु भयो की ?

१७ वटा हाइड्रोपावर कम्पनीका शेयरधनी चुर्लुम्मै डुबे, तपाईलाई डुबाउने कम्पनी कुन हो ? 

दोहोरो अंकले बढ्यो शेयर बजार 

यी १० कम्पनीका लगानीकर्ताले धेरै नाफा कमाए 

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्ताे आग्रह 

४ वटा बैंकको ९ अर्ब ६० करोडको ऋणपत्र पाइपलाइनमा, कुनको कति व्याज ? 

नेप्सेमा २१ लाख ४१ हजार कित्ता बाेनस शेयर सूचिकृत 

नेप्सेमा ३ कम्पनीको बाेनस शेयर सूचिकृत, कुनकाे कति कित्ता ? 

नेपाल एसबिआई बैंकले पठायो शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा 

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको