अर्थ संसार, काठमाडौं- एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण शेयर (आइपिओ) साउन १६ गते निश्कासन हुने भएको छ ।
प्रतिशेयर एक सय अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ ।
लगानीकर्ताले छिटोमा साउन २१ गतेसम्म र ढिलोमा भदौ ३ गते आवेदन दिने अन्तिम मिति रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ४० हजार १८० कित्ता आवेदन दिन पाउनेछन् ।
उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेको छ ।
त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
यसैगरी, लगानीकर्ताले सानिमा क्यापिटल पुतलीसडक, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चावहिल प्लाजा, र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
कति आवेदन दिने ?
लगानीकर्ताको पर्खाइमा र रोजाइमा रहेको यस कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता आवेदन दिँदा राम्रो हुन्छ । माग भन्दा धेरै आवेदन पर्ने हुनाले १० कित्ता मात्रै आवेदन दिँदा हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस