Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १२ वटा कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

शनिबार, १० साउन २०७७, १२ : २९ मा प्रकाशित

नेप्सेमा १२ वटा कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता १२ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार ९ वटा कम्पनीकाे बाेनस शेयर, एउटा कम्पनीकाे ऋणपत्र र २ वटा कम्पनीकाे मर्जर हुँदा कायम हुन आएकाे शेयर सूचिकृत भएको हाे ।

यस साता नेप्सेमा सूचिकृत भएको शेयर विवरण तल उल्लेख गरिएकाे छ :

१. किसान माइक्रोफाइनान्स = २ लाख ५ हजार ९ सय ९२ दशमलव ७५ कित्ता बाेनस शेयर

२. आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड = ४४ हजार २ सय ८० कित्ता बाेनस शेयर

३. चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड = १ लाख ३० हजार २ सय कित्ता बाेनस शेयर

४. अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड = ६ लाख ५३ हजार १ सय ९ कित्ता बोनस शेयर

५. देवः विकास बैंक लिमिटेड = २७ लाख १६ हजार ४२१ दशमलव २९ कित्ता बाेनस शेयर

६. नबिल बैंक लिमिटेड =  ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’ को २० लाख कित्ता ऋणपत्र

७. तिनाउ मिसन डेभलपमेन्ट बैंक = नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेपश्चातको ५३ लाख १६ हजार ५ सय ८९ कित्ता शेयर

८. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड = स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपश्चातको ८६ हजार ९ सय ४० कित्ता शेयर

९. स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड = १ लाख ७ हजार ८ सय ५१ दशमलव ९० कित्ता बाेनस शेयर

१०. समता लघुवित्त वित्तीय संस्था लिमिटेड = ९१ हजार ८ कित्ता बाेनस शेयर 

११. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड = २३ लाख २० हजार २ सय ३१ कित्ता बाेनस शेयर

१२. साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड = २१ लाख ४१ हजार ९४५ दशमलव १३५५ कित्ता बाेनस शेयर

हेर्नुहाेस् तालिका :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको