अर्थ संसार, काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा आज (श्रावण १० गते शनिबार) हुँदैछ ।
संस्थाकाे असार २५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा सि.डब्ल्यु, रेस्ट्राे एण्ड क्याफे, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गरिनेछ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ५ मा रिजष्टर्ड कार्यालय रहेको स्वरोजगार लघुवित्तले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रजिष्टर्ड कार्यालय रहेको जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएकाे हाे ।
संस्थाले साधारण सभा प्रयाेजनार्थका लागि श्रावण ५ गते साेमबार एक दिनका लागि शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ श्रावण ४ गते आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस