अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लगानीकर्ताहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि ब्रोकर कम्पनीहरूलाई आग्रह गरेकाे छ ।
नेप्सेले धिताेपत्र बजारकाे सदस्यता तथा काराेबार विनियमावली, २०५५ काे विनियम ११ (२) ११ बमाेजिम निर्देशन जारी गर्दै लगानीकर्ताहरूलाई तल उल्लेख गरिए अनुसार सेवा प्रदान गर्न आग्रह गरेकाे हाे ।
नेप्सेले दिएकाे निर्देशन यस प्रकारकाे छ :
१. अनलाइनमार्फत कारोबार गर्ने गरी सदस्य दलालबाट युजरनेम र पासवर्ड लिने लगानीकर्ताको सङ्ख्या ४० हजार पुगेकाले नेप्सेबाट ताेकिए बमाेजिमकाे हार्डवेयर तथा सफ्टवेयरयुक्त डाटा सेन्टरको क्षमता तथा प्राविधिक जनशक्ति बढाउने,
२. नट्समार्फत सहज कारोबार गर्न गराउन लगानीकर्ताको नाम, ठेगाना, तीनपुस्ते नागरिकता नम्बर, बैंक खाता, निक्षेप खाताहरूको यकिन विवरण राख्ने,
३. लगानीकर्तालाई अनलाइन सञ्चालनसम्बन्धी आधारभूत प्रशिक्षण दिने एवम् कारोबारका क्रममा कुनै समस्या आएमा तुरुन्तै समाधान गर्ने गरी सहायता कक्षको व्यवस्था गर्ने,
४. लगानीकर्तालाई अनलाइन कारोबार गर्ने गरी युजरनेम र पासवर्ड उपलब्ध गराउनु अघि त्यसलाई सञ्चालन गर्ने तरिकाबारे जानकारी गराउने,
५. लगानीकर्ताकाे शेयर खातामा पर्याप्त माैजात भए नभएकाे यकिन गरेर मात्र आदेश प्रविप्ट हुन सक्ने व्यवस्था मिलाइएकाे हुँदा लगानीकर्ताले आफूले काराेबार गर्ने खाता र सदस्य दलाललाई उपलब्ध गराएकाे शेयर निक्षेप खाता एउटै भएकाे सुनिश्चित काराेबार गर्ने गराउने,
६. सदस्य दलालहरूकाे कार्यालयकाे टेलिफाेन, माेबाइल नउठेकाे जस्ता गुनासाे प्राप्त भएकाले अब उप्रान्त त्यस्ता गुनासाे आउन नदिने,
७. प्रचलित एन, नियम, विनियम तथा निर्देशनमा ताेकिए बमाेजिमका याेग्यता पुगेका कर्मचारीबाट मात्र धिताेपत्रकाे काराेबारसँग सम्बन्धित कार्य गर्ने गराउने ।
हेर्नुहाेस् नेप्सेकाे विज्ञप्ति :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस