Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको  विशेष साधारणसभा : मर्जर र हकपद्र निश्कासनको प्रस्ताव पारित

शनिबार, १० साउन २०७७, १६ : ०२ मा प्रकाशित

स्वरोजगार लघुवित्तको  विशेष साधारणसभा : मर्जर र हकपद्र निश्कासनको प्रस्ताव पारित

अर्थ संसार, काठमाडौं– स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा  साउन १० गते अर्थात शनिबार सि.डब्ल्यु, रेस्ट्रो एण्ड क्याफे, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ । 

साधारणसभामाले जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने र स्वरोजगार लद्युवित्तले जनकपुर लद्युवित्तलाई प्राप्ति गरे पश्चात कायम हुने चुक्ता पुँजीको आधारमा १ः१ ( शतप्रतिशत) हकप्रद शेयर जारी गर्ने लगायतको प्रस्ताव पारित गरेको छ ।  

स्वरोजगार लघुवित्तले १ः१ प्रतिशत हकप्रद जारी गर्ने | जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने |SGM

स्वरोजगार लद्युवित्तले जनकपुर लद्युवित्तको नेट वर्थमा ८.२३ प्रतिशत थप गरी संशोधित शेयर स्वाप अनुपात १ : ०.७० कायम  हुने गरी प्राप्तिको प्रस्ताव साधारणसभामा  पेश गरिएको थियो ।  मर्जरको प्रस्ताव साधारणसभाबाट पारित भएसँगै अब केही नीति नियम पुरा भएसँगै 'स्वरोजगार लद्युवित्त वित्तीय संस्था'को नाममा एकिकृत कारोबार शुरु हुनेछ ।

दुई संस्थाको मर्जपछि हाल बनेपा नगरपालिका वडा नं. ५  काभ्रेपलाञ्चोकमा रहेको केन्द्रिय कार्यालय नागार्जुन नगरपालिका वडा नंं ४, काठमाडौंमा रहने संस्थाले जनाएको छ । 

आर्थिक वर्ष २०७६/०७७ को अषाढी मसान्त सम्ममको परिष्कृत केही विवरणहरु 


 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको