Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फन्डको शेयर लगानीकर्ता डुबे !

अर्थ संसार

शनिबार, १० साउन २०७७, १८ : ५९ मा प्रकाशित

म्युचुअल फन्डको शेयर लगानीकर्ता डुबे !

अर्थ संसार, काठमाडौं– हाइड्रोपावर कम्पनीमा लगानी गर्ने लगानीकर्ता जस्तै यतिखेर सामूहिक लगानी योजना (म्युचुअल फन्ड)मा लगानीकर्ता पनि डुबेका छन् । नेप्सेमा सूचिकृत भएका म्युचुअल फन्ड दोस्रो बजारमा प्राइमरी मूल्य भन्दा कम छन् ।

प्रतिकित्ता १० रुपैयाँ हालेका शेयरधनीको हिजोआज दोस्रो बजारमा १२ वटा म्युचुअल फन्ड कम्पनीको प्रतिकित्ता शेयर मूल्य १० रुपैयाँ भन्दा कम छ । नेप्सेमा अहिलेसम्म १८ वटा म्युचुअल फन्ड सूचिकृत छन् । सवै भन्दा धेरै ग्लोबल आइएमई समुन्नती स्किम १का लगानीकर्ताले धेरै घाटा खाएका छन् ।दोस्रो बजारमा यो फण्डको प्रतिकित्ता ८ रुपौयँ ५० पैसामा कारोबार भइरहेका छ ।

सवै भन्दा धेरै नाफा भने सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमका लगानीकर्ता कमाएका छन् । दोस्रो बजारमा यस फण्डको प्रतिकित्ता १० रुपैयाँ ८५ पैसामा कारोबार भैरहेको छ । यता, सिटिजन्स म्युचुअल फन्डको भने कारोबार भएको छैन् ।

नेप्सेमा म्युचुअल फन्डको शेयर कारोबार

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको