अर्थ संसार, काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे दाेश्राे वार्षिक साधारण सभा आज (श्रावण ११ गते, आइतबार) हुँदैछ ।
कम्पनीकाे असार १४ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा हाेटल मेरियट, नक्साल, काठमाडौँमा दिनको १ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव छलफल गरी पारित गर्नेछ ।
स्वरोजगार लघुवित्तले १ः१ प्रतिशत हकप्रद जारी गर्ने | जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने |SGM
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा दाेश्राे वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे लेखापरीक्षककाे प्रतिवेदन सहितकाे आर्थिक वर्ष २०७५ असार मसान्तम्मकाे वासलात तथा साेही मितिमा समाप्त आर्थिक वर्ष २०७४/७५ काे नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
त्यसैगरी, कम्पनीले हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे जाेखिमलाई मध्यनजर गर्दै शेयरधनी लगायत सभामा उपस्थित हुने सम्पूर्ण व्यक्तिहरूलाई विशेष सुरक्षा अपनाउन समेत आग्रह गरेकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस