अर्थ संसार, काठमाडौं – गत साता पनि दोहोरो अंकले बढेर बन्द भएकाे शेयर बजार यस साता काराेबारकाे पहिलाे दिन अर्थात आज (आइतबार) पनि दोहोरो अंकले बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक २२.४० अंकले बढेर एक हजार ४६५.१० मा पुगेकाे छ । नेप्से १.५५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५९ अंकले बढेर ३०७.५३ मा पुगेको छ ।
कूल १९० वटा कम्पनीकाे ४५ लाख ६ सय ३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ९४ करोड २६ लाख ७९ हजार ३ सय ८० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।
आइतबार काराेबार रकमकाे आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गरेकाे छ । कम्पनीकाे २५ करोड ८१ लाख ८७ हजार रुपैयाँ बराबरकाे शेयर कारोबार भएको हो ।
हेराैं आजकाे शेयर तालिका :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस