Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल लाइफले आइपिओ निश्कासन गर्ने, साधारण सभाबाट पारित

अर्थ संसार

आइतबार, ११ साउन २०७७, १८ : ०९ मा प्रकाशित

रिलायबल लाइफले आइपिओ निश्कासन गर्ने, साधारण सभाबाट पारित

अर्थ संसार, काठमाडौं – रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।  होटल मेरियट, नक्साल, काठमाडौँमा आइतबार भएको दोस्रो बार्षिक साधारणसभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित  गरेको छ । 

सभाले पारित गरेसँगै कम्पनीले सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन  गर्ने भएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा दोश्रो वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएको छ ।  

त्यस्तै, कम्पनीको लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५ असार मसान्तम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू  छलफल गरी पारित भएको छ । गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७५र७६ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकेको छ । 

स्वरोजगार लघुवित्तले १ः१ प्रतिशत हकप्रद जारी गर्ने | जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने |SGM 

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको