Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टीको आइपिओमा लगानी गर्ने कि नगर्ने ?

अर्थ संसार

सोमबार, १२ साउन २०७७, ०८ : ४६ मा प्रकाशित

लिवर्टीको आइपिओमा लगानी गर्ने कि नगर्ने ?

अर्थ संसार, काठमाडौं-  लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले स्थानीयवासीको लागि निश्कासन भएको साधारण शेयर (आइपिओ)  पुन स्थानीयवासीको लागि निश्कासन भएको छ ।

लिवर्टीले लमजुङ्ग जिल्लाका आयोजना प्रभावित स्थानीयवासीको लागि प्रतिकित्ता १०० अंकितको दरले १४ लाख कित्ता शेयर आइपिओ निश्कासन पुन साउन ७ गतेदेखि निश्कासन गरेको हो । 

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले यसअघि फागुन २७ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकोमा कोरोनाका कारण चैत ११ गतेबाट देशमा लकडाउन सुरु भएपकाले बीचैमा स्थगन गरिएको थियो । तसर्थ, यसअघि आवेदन नदिएकाले  मात्र अब आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुलाई ३।३३ प्रतिशत अर्थात ५ लाख कित्ता र बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ मा स्थानीयलाई छुट्याएको मध्ये ३३।३३ प्रतिशत अर्थात ५ लाख कित्ता निष्कासन गरेको छ ।  त्यस्तै, यस बाहेकका ३३।३३ प्रतिशत अर्थात ५ लाख कित्ता शेयर लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि पनि निष्कासन गरिएको छ ।

त्यसैगरी, प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त साधारण शेयरमा लमजुङबासीले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको उक्त साधारण शेयरमा निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । 

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७  लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको छ जसमा १५ लाख कित्ता स्थानीयलाई र २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्कासन हुनेछ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्नेछ । 

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको