Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनले स्थगित तीन कम्पनीको साधारणसभा अझै अनिश्चित !

सोमबार, १२ साउन २०७७, ११ : १० मा प्रकाशित

लकडाउनले स्थगित तीन कम्पनीको साधारणसभा  अझै अनिश्चित  !

अर्थ संसार, काठमाडौं– कोरोना भाइरसको महामारीले उत्पन्न लकडाउनलाई छिचल्दै असार महिनामा २२ वटा कम्पनीले साधारणसभा सम्पन्न गरेका छन् । लकडाउनको कारण स्थगित गरेका अधिकांश कम्पनीले साधारणसभा सम्पन्न गरेता पनि तीन कम्पनीको भने साधारणसभा कहिले हुने टुङगो छैन् । स्थगित साधारणसभा टुङगो लगाउन नसक्ने कम्पनीमा सेञ्चुरी बैंक लिमिटेड, महिला सहयात्रा लद्युवित्त वित्तीय संस्था र अपि पावर कम्पनी लिमिटेड रहेका छन् ।

साधारणसभा बारे के भन्छन त यी कम्पनीहरु

कोभिड १९ को कारण स्थगित साधारणसभा अपि पावर कम्पनी लिमिटेडले केही दिनभित्र टुङगाउने छ । संचालक समितिको बैठकले छिटो भन्दा छिटो साधारणसभाको मिति तोक्ने कम्पनीले जनाएको छ । कम्पनीले २०७६ चैत ७ गते साधारणसभा बोलाएको थियो । लकडाउनको कारण बन्द भएको थियो ।

कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर विवरण गर्ने प्रस्ताव लगायतको एजेण्डाहरु साधारणसभामा लैजानेछ ।

त्यसै गरी सेञ्जुरी बैंक र महिला सहयात्राले पनि साधारणसभाको मिति तोक्नको लागि प्रयास भैरहेको बताएको छ । सेन्चुरीले चैत १४ गते र महिला सहयात्राले चैत २२ गते साधारणसभा बोलाएका थिए । यी दुवै कम्पनीको साधारणसभा पनि कोभिड १९ कारण बन्द भएको थियो । 

सेञ्चुरीले २ प्रतिशत बोनस शेयर र ४.७५ प्रतिशत नगद लाभांश विवरण गर्ने र ममहिला सहयात्रा लद्युवित्तले १० प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव थियो ।

लकडाउनको विचमा नेपाल इन्स्योरेन्स,ङादी ग्रुप पावर कम्पनी, शाइन रेसुगा डेभलपमेन्ट बैंक, एक्सेल गेभलपमेन्ट बैंक, मोवी लद्युवित्त वित्तीय संस्था, नागरिक लगानी कोष, सप्तकोशी डेभलपमेन्ट बैंक, एनएमबी लद्युवित्त वित्तीय संस्था, तिनाउ मिशन डेभलपमेन्ट बैंक, सिभिल लद्युवित्त वित्तीय संस्था, जनउत्थान लद्युवित्त वित्तीय संस्था, हिमाल जनरल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स र स्वारोजगार लद्युवित्तले साधारणसभा गरेका छन् ।

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको