अर्थ संसार,काठमाडाैं - लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश लिन बाँकी भएका आफ्ना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेकाे छ ।
बैंकले साविक वीरगञ्ज फाइनान्स लिमिटेड तर्फकाे आर्थिक वर्ष २०६५/६६ र आर्थिक वर्ष २०६६/६७ मा घाेषणा भएकाे, साविक एच एण्ड वि डेभलपमेण्ट बैंक लिमिटेड तर्फकाे आर्थिक वर्ष २०६७/६८ र साविक लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०५७/५८, आर्थिक वर्ष २०६१/६२ र आर्थिक वर्ष २०६८/६९ मा घाेषणा गरिएकाे लाभांश संकलन गर्न अनुरोध गरेकाे हाे ।
शेयरधनीहरुले यस सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र बैंककाे केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौँमा सम्पर्क गरी लाभांश पूर्जा र नगद संकलन गर्न सक्नेछन् ।
त्यसैगरी, सूचना प्रकाशन भएकाे मितिले एक महिनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । तसर्थ, बैंकले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस