प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेको छ। धादिङ घर भई हाल नागार्जुन नगरपालिका–८ मा बस्दै आएका रिजाललाई प्रहरी टोलीले मंगलबार नागार्जुन–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा रिजालले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी हुण्डीमार्फत १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस