अर्थ संसार, काठमाडौं – साताकाे पहिलाे दिन आज (आइतबार) नै शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १७.३३ अंकले घटेर एक हजार ३९१.४६ मा पुगेकाे छ । नेप्से १.२३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.९८ अंकले घटेर २८८.८६ मा पुगेको छ ।
कूल १८५ वटा कम्पनीकाे ४३ लाख ७१ हजार ८ सय ५४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २५ करोड ९३ लाख २० हजार ८ सय ५० रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एउटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे शेयर घटेकाे छ।
हेराैं आजकाे शेयर तालिका :
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस