Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको नाफा घट्दा अन्य सूचक कस्ताे ? (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, ३२ साउन २०७७, १६ : ५९ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको नाफा घट्दा अन्य सूचक कस्ताे ? (विवरणसहित)

अर्थ संसार, काठमाडौं – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामा गिरावट आएकाे छ ।

चौथो त्रैमाससम्ममा संस्थाकाे नाफा ३९.२० प्रतिशतले घटेर ७ करोड ९९ लाख रुपैयाँमा झरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा आइपुग्दा संस्थाले  २७ करोड ५३ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा ३.३२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २६ करोड ६४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, चौथो त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा २० करोड रुपैयाँबाट घटेर १२ करोड ६८ लाख रुपैयाँमा सीमित रहेको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ, जगेडा कोषमा २१ करोड ९ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ३० रुपैयाँ २७ पैसा र प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ८८ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको