Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको लिलामी शेयर खुल्यो !

निशा हुमाँगाई

सोमबार, ०१ भदौ २०७७, १० : ३१ मा प्रकाशित

बैंक अफ काठमाण्डूको लिलामी शेयर खुल्यो !

अर्थ संसार, काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले लिलामी मार्फत बिक्री गर्न लागेकाे संस्थापक समूहकाे शेयर आज (भाद्र १ गते, साेमबार) बाट खुल्ला भएको छ ।

बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्कासन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्था अनुसार संस्थापक समूहको ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे ।

उक्त लिलामी शेयरमा खरिद गर्न इच्छुक संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संगठित संस्थाले आज (भाद्र १ गते, साेमबार) बाट भाद्र ८ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

त्यसैगरी, लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकको गुणामा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्याक्ति संस्था सीमाको अधिनमा रहने गरी अधिकतम ३ लाख १६ हजार १ सय ५६ कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

बैंकको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लिलामी शेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ ९ गते मंगलबार १० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाे कार्यालयमा खुल्ने पनि बैंकले जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको