Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले हकप्रद शेयर निष्कासन गर्दै

निशा हुमाँगाई

सोमबार, ०१ भदौ २०७७, १५ : ३२ मा प्रकाशित

नागरिक लगानी कोषले हकप्रद शेयर निष्कासन गर्दै

अर्थ संसार, काठमाडौं – नागरिक लगानी कोषले हकप्रद शेयर निष्कासन गर्ने भएकाे छ ।

कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयर जारी गर्ने भएको हाे । प्रति शेयर एक सय रुपैयाँका दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रूपैयाँ बराबरकाे एक करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सेवाका लागि आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ । हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबिबि मर्चेण्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । 

 
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको