Like us!
Follow us!
Connect us!
Watch us!

डियरवाक ग्रुपको हकप्रद शेयर निश्कासन हुने

अर्थ संसार

मंगलबार, ०२ भदौ २०७७, १० : २९ मा प्रकाशित

डियरवाक ग्रुपको हकप्रद शेयर निश्कासन हुने

अर्थ संसार, काठमाडौं–  डियरवाक ग्रुप लिमिटेडको हकप्रद शेयर  निश्कासन हुने भएको छ । कम्पनीले सय शेयर बराबर दश शेयर अर्थात १००ः१०  को अनुपातमा प्रति शेयर १०० रुपैयाँमा २ लाख ४४ हजार ३७५ कित्ता शेयर भदौ १९ गतेदेखि बजारमा निश्कासन गर्न लागेको हो ।

शेयरधनीले हकप्रद शेयर बराबरको रकम कम्पनीको नेपाल इन्भेष्टमेन्ट बैंकको चल्ती खाता ०१२०१०२०२५४१११३ मा जम्मा  गरी भौचर सहितको आवेदन कम्पनीको रजिष्टर्ड कार्यालय सिफलमा बुझाउन कम्पनीले शेयरधनीलाई अनुरोध गरेको छ । भदौं १९ गतेदेखि असोज २२ गतेसम्म हकप्रद भर्ने मिति रहेको छ । 


 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको