Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सले पायो हकप्रद ल्याउन बोर्डबाट अनुमति

निशा हुमाँगाई

बुधबार, ०३ भदौ २०७७, ०६ : ५२ मा प्रकाशित

समृद्धि फाइनान्सले पायो हकप्रद ल्याउन बोर्डबाट अनुमति

अर्थ संसार, काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर  जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।

फाइनान्सले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरकाे ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २३ गते सेबाेनमा निवेदन दिएकाेमा बोर्डबाट भदौ २ गते अनुमति पाएको हो ।

फाइनान्सकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

त्यसैगरी,फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको