Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञामा पनि शेयर बजार खुल्ने !

निशा हुमाँगाई

बुधबार, ०३ भदौ २०७७, १३ : ५६ मा प्रकाशित

निषेधाज्ञामा पनि शेयर बजार खुल्ने !

अर्थ संसार, काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज (भदौ ३ गते, बुधबार) राती १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा गरिने भएकाे छ ।

निषेधाज्ञा गर्ने निर्णय भएसँगै शेयर बजार के हुन्छ भन्ने कुराकाे लगानीकर्ताहरूमा खुलदुली बढेकाे छ । यसअघि लकडाउन हुँदा शेयर बजार बन्द भएतापनि यस निषेधाज्ञामा भने  शेयर बजार खुल्ला रहने नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेकाे श्राेतले जानकारी दिएकाे छ ।

निषेधाज्ञा अवधिभर अनलाइन कारोबारलाई प्रोत्साहन गर्दै शेयर बजार खुल्ला गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताएका छन् ।

हालसम्म दोस्रो बजारमा अनलाइनबाट कारोबार गर्न लगभग ६० हजार लगानीकर्ताहरू आवद्ध भइसकेका छन् भने ७ लाखभन्दा बढी लगानीकर्ताहरुले मेरो शेयर खाता खोलिसकेका छन् । जसले गर्दा पनि अनलाइन कारोबारलाई प्रोत्साहन गर्न सहज भएकाे छ ।

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको