Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर कार्यालयका कर्मचारी बिच बाटोमै रोकिए,शेयर कारोबारमा समस्याको संकेत

अर्थ संसार

विहीबार, ०४ भदौ २०७७, १० : ५१ मा प्रकाशित

ब्रोकर कार्यालयका कर्मचारी बिच बाटोमै रोकिए,शेयर कारोबारमा समस्याको संकेत

अर्थ संसार, काठमाडौं– बिहीबार (आज) देखि लागू भएको निषेधाज्ञाले ब्रोकर कार्यालयका कर्मचारी बिचबाटोमा रोकिएका छन् । घरबाट कार्यालयमा आउँदा प्रहरीले बिचबाटोमा रोकेको ब्रोकर कार्यालयका कर्मचारीले बताएका छन् । ब्रोकरको कार्ड नचल्ने भन्दै प्रहरीले ब्रोकरमा कार्यतर कर्मचारीलाई विचबाटैमा रोकिएपछि  ब्रोकर अफिस संचालनमा समस्य हुने ब्राकरहरु बताउँछन् । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)  तथा  धितोपत्र बोर्डले घरबाटै लगानीकर्तालाई अनलाइनप्रणालीमार्फत कारोबार गर्न आग्र गरिरहेको छ । अनलाइनमा जोडिएका लगानीकर्ताले सजिलै कारोबार गर्न सक्ने भएतापनि ब्रोकरका कर्मचारीहरु  विचबाटोमै रोकिएपछि सिडिएसको सेटलमेन्टमा समस्या हुने देखिएको छ । 

ब्रोकरका कर्मचारी अनुसार अरु काम घरबाटै गर्न सकिने भएतापनि सिडिएसको सेटलमेन्ट लागि भने कार्यालयमै आउनु पर्ने हुन्छ । सेटलमेन्टमा समस्या परेपछि शेयर कारोबारमा समस्या आउने संकेत देखिएको छ । पछिल्लो समय कोरोना भाइरस बढेसँगै बिहीबारदेखि एक साताको लागि राजधानीका तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा  गरिएको  छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको विज्ञप्तीमा  बैकिङ सेवा लगायत विभिन्न भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने वयवस्था मिलाउनुपर्ने  र सो सम्भव नभएमा नेपाल राष्ट्र  बैंकले तोकेको संस्यामा सिमित रही आवश्यक सेवा प्रवाह गर्ने सक्ने भएको छ । तर, ब्र्रोकर, नेप्से र धितोपत्र बोर्डको समुन्वयको अभावले गर्दा ब्रोकरको कार्यालय संचालनमा समस्या आएको देखिन्छ । 

यो पनि पढ्नुहोस्

लगानीको मौका ! रिलायन्स लाइफ र समाजको आइपिओ आजदेखि बिक्री खुल्ला 

१०० मा आइपिओ पाउने दिन गएकै हो त ? के हो बुक बिल्डिङ्ग भनेको ? आर्थिक पत्रकार /अधिवक्ता लिलानाथ घिमिरेको विचार

भिडियोसहित)

लिवर्टी इनर्जीको आईपिओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट 

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको