Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकका हितग्राहीलाई अत्यन्तै जरूरी सूचना

निशा हुमाँगाई

विहीबार, ०४ भदौ २०७७, १४ : ५० मा प्रकाशित

सेञ्चुरी बैंकका हितग्राहीलाई अत्यन्तै जरूरी सूचना

 अर्थ संसार, काठमाडौं -  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खाेलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७६/०७७ भित्र डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था भएकाले उक्त शुल्क बुझाउन आग्रह गरिएकाे हाे ।

हितग्राहीहरुले सेञ्चुरी कमर्सियल बैंककाे आफूलाई पायक पर्ने नजिकैकाे शाखा कार्यालयहरूमा सम्पर्क राखी भुक्तानी गर्न सक्नेछन् । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने पनि सूचनामा उल्लेख छ ।

मेरो शेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुनेछ ।

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको