Like us!
Follow us!
Connect us!
Watch us!

समाज लद्युवित्तको आइपिओमा पहिलो दिनमै पर्यो माग भन्दा १६ गुणबढी आवेदन

अर्थ संसार

विहीबार, ०४ भदौ २०७७, १८ : २१ मा प्रकाशित

समाज लद्युवित्तको आइपिओमा पहिलो दिनमै पर्यो माग भन्दा १६ गुणबढी आवेदन

अर्थ संसार, काठमाडौं-समाज लघुवित्तले  निश्कासन गरेको  साधारण शेयर (आइपिओ) मा लगानीकर्ता झुमिएका छन् । लद्युवित्तले आइपिओ निश्कासन गरेको पहिलोदिन मै माग भन्दा धेरै आवेदन परेको छ ।  

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल अनुसार बिहीबार बेलुका ५ बजेसम्म अनुसार ५३ हजार १०९ वटा आवेदन मार्फत १३ लाख ३३ हजार ३९० कित्ता शेयर खरीदको लागि माग परेको हो। यो माग आवेदन नै १६.५२ गुणा बढी हो।

समाज लद्युवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको  हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ। आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।  नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर  पनि लगानीकर्ताले आवेदन दिन सकिनेछ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

यो पनि पढ्नुहोस्

लिवर्टी इनर्जीको आइपिओमा ५० हजार जनाले दिए आवेदन, मेरो शेयरले दियो धोका ! 

रिलायन्सको आइपिओमा पहिलो दिन कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो ताजा अपडेट 

लगानीको मौका ! रिलायन्स लाइफ र समाजको आइपिओ आजदेखि बिक्री खुल्ला 

१०० मा आइपिओ पाउने दिन गएकै हो त ? के हो बुक बिल्डिङ्ग भनेको ? आर्थिक पत्रकार /अधिवक्ता लिलानाथ घिमिरेको विचार

भिडियोसहित)

लिवर्टी इनर्जीको आईपिओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट 

Liberty Energy Company को IPO को सम्पूर्ण जानकारी | 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको