अर्थ संसार, काठमाडौं– लिवर्टी इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आइपिओ) मा आवेदन दिने आज (आइतबार) अन्तिम मौका रहेको छ ।
कम्पनीले भदौ ३ गतेदेखि जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेकाे थियाे ।
Liberty Energy Company को IPO को सम्पूर्ण जानकारी |
आइपिओ स्थानीयवासीलाई जारी गरिसकेको र सर्वसाधारणलाई निश्कासन गरी बाँडफाँड पछि पश्चात कम्पनीको चुक्ता पूँजी रु १ अर्व ५० करोड हुनेछ ।
कहाँबाट आवेदन दिने ?
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमिति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस