Like us!
Follow us!
Connect us!
Watch us!

भर्नु भयो समाज लद्युवित्त र रिलायन्स लाइफको आइपिओ ? सोमबार अन्तिम दिन

अर्थ संसार

आइतबार, ०७ भदौ २०७७, १२ : २१ मा प्रकाशित

भर्नु भयो समाज लद्युवित्त र रिलायन्स लाइफको आइपिओ ? सोमबार अन्तिम दिन

अर्थ संसार, काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारण शेयर (आइपिओ)  मा आवेदन दिनुभयो ? नदिएको भए  आजै बैंक गएर वा मेरो शेयरबाट आवेदन दिनुहोस् । किन भोली अन्तिम दिन रहेको छ ।  

के थाहा भोली मेरो शेयर नचल्न पनि सक्छ ?  भोली भरौला भनेर बसौंला गत शुक्रबार झै मेरो शेयरले आवेदनको चाप थाम्न नसकेर डाउन भयो भने समाज र रिलायन्सको आइपिओ भर्ने चाहना मात्र चाहनामा समिति हुन सक्छ । त्यसैले आजै आवेदन दिएर ढुक्कसँग बस्न सक्नुहुनेछ । 

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड 

समाज लद्युवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको  हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ। आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।  नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर  पनि लगानीकर्ताले आवेदन दिन सकिनेछ।

 रिलायन्स लाइफ इन्स्योरेन्स 

कम्पनीले   ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बिहीबारदेखि निश्कासन गरेको छ ।  इन्स्योरेन्सले प्रतिशेयर १०० अंकित मूल्यका ६३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको  हो। निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

नेप्सेमा सूचिकृत जीवन र निर्जीवन बीमा कम्पनीको मुल्य कति ? 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको