Like us!
Follow us!
Connect us!
Watch us!

समाज लद्युवित्तको आइपिओमा लगानीकर्ताको ओइरो, शेयर पर्ने सम्भावना न्यून हुँदै

अर्थ संसार

आइतबार, ०७ भदौ २०७७, १७ : २२ मा प्रकाशित

समाज लद्युवित्तको आइपिओमा लगानीकर्ताको ओइरो, शेयर पर्ने सम्भावना न्यून हुँदै

अर्थ संसार, काठमाडौं–  समाज लद्युवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको  साधारणस शेयर (आइपिओ)मा माग भन्दा १२६.२५ गुणाबढी आवेदन परेको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अनुसार आइतबार साँझ ५ बजेसम्म ४ लाख ७९ हजार ४५४ वटा आवेदन मार्फत १ करोड एक लाख ८८ हजार ६७० कित्ता शेयरका लागि आवेदन परेको छ । यो अनुपात निष्कासन गरेको शेयरको १२६.२५ गुणा बढी हो ।शेयर आवेदनको संख्या झनै बढ्दै गएको विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । 

गत भदौं ४ गतेबाट निश्कासन गरेको आइपिओ भर्ने अन्तिम मिति भोली अर्थात भदौ ८ गते रहेको छ । भोलीसम्म आवेदन दिने संख्या अझै बढ्ने भएकाले शेयर भाग्य हुनेले मात्र पाउने लगानीकर्ताले बताउँछन् । 

समाज लद्युवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको  हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ। आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।  नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर  पनि लगानीकर्ताले आवेदन दिन सकिनेछ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

लगानीकर्ताको रोजाइमा insurance कम्पनी | यस्ता छन् नेप्सेमा सूचिकृत महँगा जीवन र निर्जीवन कम्पनीहरु

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको