अर्थ संसार, काठमाडौं – सहारा विकास बैंक लिमिटेडले लिलामी मार्फत बिक्री गर्न लागेकाे संस्थापक समूहकाे शेयर भर्ने म्याद थपिएकाे छ । यसअघि भदौ ८ गतेसम्म भनिएकाेमा अब भाद्र २३ गतेसम्म पुर्याइएकाे छ ।
बैंकले श्रावण ३० गते शुक्रबारबाट संस्थापक समूहकाे ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।
बैंकले जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर खुल्ला गरेकाे थियाे । उक्त अवधिभित्र आवेदन नपरेकाे बाँकी शेयर बैंकले लिलामी मार्फत बिक्री गरेकाे हाे ।
उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले अब भाद्र २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंककाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय तथा सहारा विकास बैंकका सबै शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङ शाखाबाट आवेदन दिन सक्नेछन् ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस